बैशाख ०४, २०८२, बिहीबार

नवीन माविमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित नवीन माध्यमिक विद्यालयमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिक सत्र (२०८०) मा कक्षागत उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नुको साथै विद्यालयले संचालन गरेका विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष देवकृष्ण पराजुली, वडासदस्य पार्वती श्रेष्ठ माकाजु र प्रकाश कोइराला, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तप्रसाद पराजुली, प्रधानाध्यापक शिरोमणि लामिछाने र सहप्रध्यापक गौरीदेवी पौडेल, नेपाल शिक्षक महासंघ कास्की अध्यक्ष भोलानाथ पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष पराजुलीले सरकारी विद्यालयमा अभिभावक र स्थानीयको चसो हुनपर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडाले हरेक वर्ष बजेट बिनियोजन गर्दै आएको उनले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक लामिछानेले विद्यालयमा पाँच सय विद्यार्थी अध्यनरत रहेको जानकारी दिए । कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन भइरहेको र क्रमशः माथिल्ला कक्षामा पनि अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने उनले बताए ।

शिक्षक महासंघ कास्कीका अध्यक्ष पौडेलले समयको मागलाई ध्यानमा राखेर विद्यार्थीलाई शिक्षा दिनसक्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष वसन्त पराजुलीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

अभिभावक देवराज लामिछानेले सरकारी विद्यालयमा शिक्षकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सास्कृतिक कर्यक्रम प्रस्तुत गरेका थिए ।

Copyright © 2024 | All rights reserved.