0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारी बीच भेटवार्ता भएको छ ।
सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे.दयालन लगायतको टोलीसँग भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा पर्यटन प्रवर्द्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।
मन्त्री थापाले पुदुचेरीको पर्यटन विकास र प्रशासनिक व्यवस्थापनका अनुभवबाट सिक्ने अवसर रहेको भन्दै दुवै प्रदेशबीच आपसी अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।
पुदुचेरीका मन्त्री लक्ष्मीनारायणनले दुई प्रदेशबीच पर्यटन, खेलकुद, सामाजिक विकास तथा प्रविधि क्षेत्रमा सहकार्यका ढोका खोल्न सकिने बताए ।
भेटवार्ताले भविष्यमा गण्डकी प्रदेश र पुदुचेरी सरकारबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
मन्त्री थापाले भेटवार्ता फलदायी भएको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्यका सम्भावना खोज्ने प्रतिबद्धता जनाए ।
Copyright © 2024 | All rights reserved.