बैशाख ०४, २०८२, बिहीबार

नयाँ व्यवस्थापनसहित बोत्तल हाउस संचालनमा


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएपछि होटल व्यवसायमा युवाको आर्कषण बढेको छ ।

पोखरासँगै जोडिएका अधिकांश ग्रामिण क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवाले होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालनमा ल्याएका छन् । 

पोखरा १६ जोगिमणीस्थित माझकुनामा संचालनमा रहेको बोत्तल हाउस नयाँ व्यवस्थापन सहित थप सेवा र सुविधाका साथ संचालनमा आएको हो । 

पर्यटकीय क्षेत्र महेन्द्र गुफावाट करिव ३ किलोमिटरको दुरीमा रहेको रिभरसाईड बोत्तल हाउस स्थानिय ईन्जिनियर गोविन्द आचार्य गोपीले नयाँ व्यवस्थापन सहित संचालनमा ल्याएका हुन् । 

शुक्रबारदेखि संचालनमा आएको सो व्यवसायमा आचार्यको एकल लगानी छ ।

खोलाको छेउमा बोतलै बोतलवाट निर्माण गरिएको सो व्यवसाय नयाँ साजसज्जा र व्यवस्थापनमा ल्याउन करिव डेढ करोड खर्च लागेको गोपीले जानकारी दिए । 

प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्दै नेपाली अर्गानिक खाना तथा खाजाको स्वाद लिन सकिने सो हाउसमा टिकटकका लागि आर्कषक स्थल, पार्क, स्वीमिङ पुल र वालवालिकाको लागि वाल उद्यान तथा मनोरञ्जनका लागि प्रर्याप्त सामाग्री रहेका छन् । 

ढिंकीडाँडा रिर्सोट संचालन गरी अनुभव बटुलिसकेका आचार्यले त्यस क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी व्यवसाय संचालन गरेको स्पष्ट पारे ।

शुभारम्भको अवसरमा शुक्रवार र शनिवार साँझ चर्चित लोक दोहोरी गायक, हाँस्यव्यंग्य कलाकार र लाईभ कन्सर्ट समेत भएको थियो ।कार्यक्रममा चर्चित लोक दोहोरी गायक श्याम राना मगर, मञ्जु विक ,माया गिरीले लोक दोहोरी प्रस्तुत गरेका थिए । ््

हाँस्य कलाकार राजेन्द्र नेपालीको प्रस्तुतीमा दर्शक रमाएका थिए भने कृष्ण गुरुङ,अञ्जली विक र विनु कार्कीकोे नृत्यमा दर्शकले साथ दिएका थिए भने निष्र्कष व्याण्डले आफ्नो प्रस्तुतीमा दर्शकलाई झुमाएको थियो ।

शुभारम्भका अवसरमा २३ फागुनसम्म विशेष छुटसहितका प्याकेज उपलब्ध गराइने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.