बैशाख ०४, २०८२, बिहीबार

प्रधानमन्त्री कप गण्डकी प्रदेश स्तरीय क्रिकेटको उपाधि कास्कीलाई


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । बलियो प्रतिद्वन्दी तनहुँलाई सात विकेटले पराजित गर्दै कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको हो । कास्कीलाई जिताउन अनिल गुरुङले अवीजित ७९ रनको योगदान दिएका थिए ।

टस जितेर व्याटिङ रोजेको तनहुँलाई कास्कीले ४८ दशमलव ४ ओभरमा एक सय ८० रनमा रोकेको थियो ।

पहिलो १० रन बनाउने क्रममा नै पहिलो विकेट गुमाएको तनहुँले थप दुई रन जोड्दा दोस्रो विकेट गुमाएपछि निकै दबावमा परेको थियो । तेस्रो र चौथो नम्बरमा आएका व्याटरद्वय दिनेश बुढामगर र भन्स क्षेत्रीले तेस्रो विकेटका लागि ८९ रनको साँझेदारी खेले । ८३ बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरेका बुढामगर कास्कीका अर्जुन कुमालको बलमा विकेट किपर मुस्कान थापाको हातबाट क्याच भए ।

क्षेत्रीले भने एक सय सात बल खेल्दै ५९ रनमा बनाउन सफल भए । उनी कास्कीका विपिन खत्रीको बलमा आउट भए । तनहुँका क्रिस ऐरले २५ र सुवास भण्डारीले ३१ रनको योगदान दिएका थिए ।

तनहुँले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको कास्की ४१ दशमलव ३ ओभरमा पूरा गर्यो । जसमा अनील गुरुङको अवीजित ७९ रनको योगदान गरे । पहिलो विकेटको लागि अनील र अर्जुन कुमालले ६८ रनको साँझेदारी निभाए ।

साथै मुस्कान थापाले अनीलसँगै मिलेर ८९ रनको साँझेदारी गरेका थिए । मुस्कानले ६१ बल खेल्दै ३ चौका प्रहार गरे । थापा तनहुँका कप्तान चन्द्रकान्त पौडेलको बलमा भन्स क्षेत्रीको हातबाट क्याच भएका थिए ।

अभिषेक थापा भने पहिलो बल खेल्ने क्रममा आउट भए । पौडेलले उनलाई पहिलो बलमै आउट गर्दै कास्कीलाई दबावमा राखेका थिए । रोहित चन्द १२ रनमा अवीजित रहेका थिए ।

प्लेयर अफ दि म्याचको उपाधि कास्कीका अनीलले नै हाल पारे । कास्कीका सुवास भण्डारी बेष्ट बलर, बेष्ट व्याटर तनहुँका समीर कँडेल, म्यान अफ दी सिरिज सुवास भण्डारी भए ।

विजेता तथा उपविजेतालाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्मा, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सन्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिम्सिना, संघका पूर्व अध्यक्ष देवेनसन प्रजुलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.