0
प्रतिक्रिया
पोखरा । पर्वतमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सो दुर्घटनामा सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बिहादी गाउँपालिका वडा नं ३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ४ पूर्तिघाटकी ६४ वर्षीया डीलकुमारी भट्टचन छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको पर्वतको लिदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुलिनसकेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
Copyright © 2024 | All rights reserved.