बैशाख ०४, २०८२, बिहीबार

आज पनि बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा नौ सय र असली चाँदीको १० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ तोलामा एक लाख ७० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको भाउ तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँ थियो ।

यता, महासंघका अनुसार असली चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेर एक हजार नौ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ एक हजार नौ सय ४० रुपैयाँ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.