बैशाख ०४, २०८२, बिहीबार

आज पनि बढ्यो सुन-चाँदीको मूल्य


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा आज छापावाला सुनको भाउ तोलामा तीन सय र असली चाँदीको भाउ ३५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँ रहेको थियो ।

पोखरा बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ७१ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामै ३५ रुपैयाँ बढेसँगै एक हजार नौ सय ८५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ बुधबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँ थियो ।

पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार १५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.