0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ स्थित नेशनल क्रियशन एकेडेमीका चार सय ५० विद्यार्थीको दाँत परीक्षण गरिएको छ ।
न्यूरोडस्थित डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको सहयोगमा विद्यार्थीको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ ।
उक्त अवसरमा विद्यार्थीलाई दाँतको हेरचाहसम्बन्धी सचेतना समेत गराइएको प्राचार्य ज्ञानेन्द्र थापाले जानकारी दिए ।
वरिष्ठ दन्त चिकित्सक डा. नवराज लम्डारी, डा. शृंखला श्रेष्ठ, कविता रावतलगायतले विद्यार्थीको दाँत परीक्षण गरेका थिए ।
करिब एक सय २५ जना विद्यार्थीलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको विद्यालयका सिनियर इञ्चार्ज सुधमा रेग्मीले बताए ।
कार्यक्रममा प्राचार्य थापाले विद्यार्थीलाई शिक्षासँगै स्वास्थ्यको हेरचाह पनि अनिवार्य हुने बताए ।
विद्यालयले यही फागुन २८ गते आँखा परीक्षण शिविर आयोजना गरेको प्रशासक विक्रम थापाले जानकारी दिए ।
विद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गत महिना आइटी शुभारम्भ गरेको थियो ।
विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।
Copyright © 2024 | All rights reserved.