बैशाख ०४, २०८२, बिहीबार

वडाध्यक्ष कप भलिबल जारी, उपाधि विजेताको छिनोफानो शनिबार


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ मा जारी वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका पुग्ने टिमको टुंगो लागेको छ ।

मनोहर युवा क्लबको खेलमैदानमा जारी प्रतियोगितामा शुक्रबार भएका खेलबाट वडानम्बर २३, १९, १६ र २१ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा वडा नम्बर २३ ले वडा नम्बर १९ को सामना गर्ने छ भने वडा नम्बर १६ ले २१ को सामना गर्ने छ ।

वडा नम्बर २१ ले वाकओभर दिँदा २३ स्वतः सेमिफाइनलमा पुगेको हो । यस्तै अर्को खेलमा वडा नम्बर २१ ले जित निकाल्यो ।

वडा नम्बर २१ को (दोस्रो) टिमले ले वडा नम्बर २८ लाइ ३-० को सोझो सेटमा पछि पार्दै खेल जितेको हो ।

वडा नम्बर १९ ले वडा नम्बर १३ लाख ३-० को सोझो सेटमा सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गर्‍यो । वडा नम्बर १६ ले १५ लाई ३-१ को सेटमा पराजित गदै समिफाइनलमा पुगेको हो ।

प्रतियोगिता अन्र्तगत शनिबार सेमिफाइनल र फाइनल खेल हुने प्रतियोगिताका प्रचार-प्रसार संयोजक रामजी जिसीले जानकारी दिए ।

तेस्रो स्थानका लागि पनि भोलि नै खेल खेलाइने छ । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तर्गतका १३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता विजेताले एक लाख एक हजार चार सय १४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैयाँ पुरस्कार पाउने छन् ।

त्यस्तै विधागततर्फ पाँच खेलाडीलाइ पुरस्कृत गरिनेछ। सर्वोत्कृष्ट खेलाडीले सात हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट चार खेलाडी जनही पाँच हजारका दरले पुरस्कृत हुनेछन् ।

पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजना खेलकुद विकास समिति वडा नम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

Copyright © 2024 | All rights reserved.