0
प्रतिक्रिया
खरा । पोखरा महानगरपालिका वडा नं ६ जरेबर, लेकसाइडस्थित क्रिस्टल इन्टरनेशनल मन्टेश्वरी किन्डरवर्ल्डले पोखरा भ्रमण वर्ष २०२५ र ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
भ्रमण वर्षअन्तर्गत पोखरा-१८ स्थित सराङ्गोटमा सहभागी भएको र महिला दिवसअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको मन्टेश्वरीका प्रबन्ध निर्देशक रीना पौडेलले जानकारी दिइन् ।
पोखरा भ्रमण वर्ष २०२५ लाई गत महिनाबाट शुरु भएको हो ।
सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ महिला मुक्ति, समानता र स्वतन्त्रताको आन्दोलन र प्राप्त अधिकारको स्मरण गर्दै ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस आजदेखि मनाइँदै छ ।
दुवै कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी अभिभावक, शिक्षिकाहरु सहभागी थिए । मन्टेश्वरीले पोखरामा हुने हरेक महत्वपूर्ण गतिविधिमा आफ्नो सक्रिय सहभागिता र विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको छ ।
Copyright © 2024 | All rights reserved.