0
प्रतिक्रिया
पोखरा । पोखरामा आगामी चैत ३ देखि ५ गतेसम्म प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताका लागि सात वटै प्रदेश र विभागीय टिमलाई पत्राचार गरिएकाे र तयारी तीव्र बनाइएको संघका अध्यक्ष केशव पाठकले जानकारी दिए ।
प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेता टिमले एक लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद ३० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पाँच/पाँच हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितालाई कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्नेछ ।
Copyright © 2024 | All rights reserved.