बैशाख २३, २०८२, मंगलबार

नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघबाट पौडेलको उम्मेद्वारी


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि पोखरा स्थित चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस पोखरामा नेपाल बिद्यार्थी संघका तर्फबाट पनि उमेद्वारी दर्ता भएको छ।

नेबिसंघबाट नर्सिङ क्याम्पस पोखराको स्ववियु सभापतिमा रचना पौडेलको उमेद्वारी परेको छ। नेविसंघबाट प्रत्यक्ष निर्बाचनतर्फ सचिबमा स्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बरालले उमेद्वारी दर्ता गराए।

स्ववियु सदस्यहरुमा माटिना थापा मगर, किरण सेन, किर्ति सिग्देल, सरस्वती खनाल र स्मीता गौतमको उमेद्वारी परेको छ भने समानुपातिकतर्फ नम्रता चापागाई, ममता शर्मा, सञ्चिता दाहाल,अन्जु गौतम र गीता घलेको उमेद्वारी परेको छ।

समानुपातिक तर्फबाट सदस्यमा उमेद्वारी दिने नम्रता चापागाई नेपाल बिद्यार्थी संघ नर्सिङ क्याम्पस पोखरा इकाईको सभापतिसमेत हुन।

क्याम्पसमा प्रत्यक्ष तर्फ अनेरास्ववियु र नेविसंघको तर्फबाट १६ जनाको र समानुपातिक तर्फ पनि दुवै संगठनका १५ जनाको उमेद्वारी परेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ सल्यानमा जन्मिएर पोखराको कुम्दिनी होम्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी पौडेलले पिसिएल नर्सिङ, बिएन सोही क्याम्पसबाट अध्ययन पुरा गरेको र हाल एमएनको अध्ययन पनि सोही क्याम्पसमा गरिरहेकोले त्यहाँका बिद्यार्थीहरुबीच राम्रो सम्बन्ध रहेको नेविसंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.