0
प्रतिक्रिया
पोखरा । छन्दनायक माधव वियोगीलाई बनेपामा सम्मान गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘शब्दयात्रा वसन्त शर्मा कविता-काव्य सम्मान–२०८१’ बाट उनलाई सम्मान गरिने भएको हो ।
प्राप्त जानकारी अनुसार छन्द बचाऊँ अभियान र महाकाव्यलेखन अभियान समेत सञ्चालन गरी कविता–काव्य सिर्जनाद्वारा नेपाली साहित्यको सेवा गरेवापत छन्दकवि वियोगीलाई सो सम्मान अर्पण गर्न लागिएको हो ।
पोखरेली स्रष्टा छन्दनायक वियोगीका ९ महाकाव्य, ८ खण्डकाव्य र ३ कविता संग्रहसहित् ४१ ओटा कृति प्रकाशित छन् ।
यस अघि उनी २ दर्जन बढी सम्मान तथा पुरष्कारबाट विभूषित भइसकेका छन् ।
जनप्रिय बहुमुखी क्याम्पस पोखराका पूर्वप्रमुखसमेत रहेका वियोगी छन्द विश्वविद्यालय स्थापनाका लागि कसरत गर्दैछन् ।
Copyright © 2024 | All rights reserved.