बैशाख ०४, २०८२, बिहीबार

क्रिकेटमा आज नेपाल र हङकङ भिड्दै


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । युगाण्डामा जारी चार देशीय टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले हङकङकाे सामना गर्दैछ । यो खेल दिउँसो १२ः४५ बजेदेखि शुरु हुनेछ ।

यस श्रृंखलामा निकै कमजोर प्रदर्शन गरिरहेको नेपाल फाइनल पुग्ने होडबाट बाहिरिएको छ । नेपालले खेलेका पाँच खेलमा एक जित र चार हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ ।

नेपालले यसअघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक-एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो । 

मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका छ ।

Copyright © 2024 | All rights reserved.