बैशाख ०४, २०८२, बिहीबार

अर्घौँस्थित सनराईज क्लबकाे १६औं स्थापना दिवस


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौँस्थित सनराईज क्लबले आफनो १६औं स्थापना दिवसमा विद्यार्थीलाई सहयोग गरेर मनाएको छ ।

हरेक वर्षको स्थापना दिवसमा कुनै न कुनै रचनात्मक कार्य गर्दै आएको क्लबले यस वर्ष पोखरा-२६ मा रहेको लक्ष्मी आदर्श माविमा अध्यनरत २३ जना जेहेन्दार तथा गरिब विद्यार्थीका लागि स्टेशनरी र झोला वितरण गरेर मनाएको हो ।

पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आर्थिक अभावका कारण विद्यालय जानबाट कुनै पनि विद्यार्थी बञ्चित हुन नपर्नेमा जोड दिँदै विपन्न परिवारको शिक्षामा वडाले सदैव सहयोग गर्ने धारणा राखे।

क्लब अध्यक्ष सूर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले क्लवले गरेको सामाजिक कामले विद्यार्थीको अध्यान सिलतामा प्रेरणा मिल्ने विचार राखेको कार्यक्रमको संचालन क्लब सचिव विनोद कार्कीले गरेका थिए ।

यसैबीच क्लबले आफ्नो स्थापना दिवसकै अवसर पारेर घरेलु चौरमा रहेका जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा एक दिनको खाजाको ब्यवस्थासमेत गरेको बताइएको छ । 

Copyright © 2024 | All rights reserved.