बैशाख ०४, २०८२, बिहीबार

एमाले पोखरा-१७ मा टोल केन्द्रित जरा अभियान शुरु


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेकपा एमाले वडाकमिटी पोखरा-१७ ले संगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान सञ्चालन गरेको छ ।

एमालेका नेता तथा कार्यकर्ता एवं जनप्रतिनिधिसहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरी समाधानमा गर्दै पार्टीलाई जनतासँग जोड्ने अभियानमा जुटेका हुन ।

पार्टी जनसंगठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नवीकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजवुत बनाउने उद्देश्यका साथ अभियानमा जुटेको एमाले पोखरा-१७ का वडाध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

उनका अनुसार कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार काउसेघारीस्थित हरियाली टोल कमिटीबाट शुरु गरिएको अभियान चैतको ११ गते विरौटा केन्द्र टोल कमिटीमा पुगेर समापन हुनेछ । वडामा कुल १६ वटा टोल कमिटी छन् ।

अभियानका क्रममा पार्टी नेता तथा कार्यकर्ताको एक टोलीले काउसेघारीस्थित पक्षघात भई लामो समयदेखि बिरामी भएका अग्रज नेता चम्पासिंह गुरुङको घरमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

सो अवसरमा गीता गुरुङको अध्यक्षतामा २९ सदस्यीय नेकपा एमाले हरियोली टोल कमिटी काउसेघारी गठन गरिएको छ ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले नवगठित टोल कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै यस क्षेत्रको विकास निर्माणमा पार्टी जिम्मेवार भएर लाग्न निर्देशन दिए ।

पार्टी अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवं वडा इञ्चार्ज सुभास ढुंगाना, जनप्रतिनिधि विष्णुमाया भुजेल, स्थानीय सन्तोष गुरुङ, होमबहादुर कुँवर र वडासचिव उत्तम सिग्देल, टोल कमिटी अध्यक्ष गीता गुरुङलगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.