बैशाख ०४, २०८२, बिहीबार

संस्कृत युवा मञ्च नेपालको भित्तेपात्रो विमोचन


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८२ सालको गण्डकी भित्तेपात्रो विमोचन भएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सेतीगण्डकी दिव्य महाआरती सम्पन्न भएको छ । 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको संकृत युवा मञ्च नेपालले सामाजिक काममा लागेर गरेको कार्यको प्रशंसा गरे । पञ्चाङ्गसहितको गुणस्तरीय भित्तेपात्रो प्रकाशनमा ल्याउनु अशाध्यै राम्रो काम भएको उनले बताए । 

सेती गण्डकीको साप्ताहिक सन्ध्याकालीन महाआरती गरी अझै राम्रो काम गरेको भन्दै यस्ता सामाजिक तथा धार्मिक कार्यमा आफूले सक्दो सहयोग गर्ने वडाध्यक्ष मर्सानीले प्रतिबद्धता जनाए । 

संस्थाका सल्लाहकार तथा विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका सहप्रध्यापक डा. भोलानारायण रेग्मीले धर्म, संस्कार र संस्कृति संरक्षणका निम्ति युवा मञ्चले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । 

संस्थाका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव डिल्लीराम पौडेल (दिवाकर) ले  संचालन तथा उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत गरेका थिए । 

कार्यक्रममा वडा नं ९ का वडासदस्य नन्दराम गिरी, भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक लक्ष्मण पौडेललगायतले बोलेका थिए । 

कार्यक्रममा गुरुहरू विकास पौडेल, अरविन्द चापागाईं र आनन्द गौतमले गण्डकीको सन्ध्याकालीन आरती गरेका थिए ।
 

Copyright © 2024 | All rights reserved.