बैशाख ०४, २०८२, बिहीबार

नेकपा एमाले बाराही टोल कमिटीमा विरेन्द्र


Advertisement Image
clock icon 4 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेकपा एमाले पोखरा-१७ को संगगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान जारी छ । जसअन्तर्गत बाराही टोल कमिटीमा सम्पन्न भेलाले वीरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा रणबहादुर लामिछाने, सचिवमा अन्जना थापा, उपसचिवद्वमा आशिष तामाङ र अजय परियार छन् ।

साथै कार्यसमिति सदस्यमा गोरी नेपाली, उर्मिला परियार, बमबहादुर घर्तीमगर, शेरबहादुर तामाङ, विकास राई, नरबहादुर दमाई, रेखबहादुर विक, गणेश मिजार, टोपाकुमारी थापा, रोहित विक छन् ।

नवनिर्वाचित टोल कमिटी पदाधिकारी एवं सदस्यहलाई एमाले पोखरा-१७ का वडाध्यक्ष विक्रम गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अभियानको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य शान्ता गुरुङले जरा अभियानले पार्टीलाई जनतासँग जोडन सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

एमालेको स्पष्ट नीति, विचार र सिद्धान्तका आधारमा मुलुक र जनताको पक्षमा काम गर्दै आएको भन्दै उनले मिसन ८४ अभियान पूरा गर्न नेता तथा पार्टी कार्यकर्ता संगठित भएर लाग्नुको विकल्प नभएको बताइन् ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाही योगीले यस क्षेत्रको समग्र विकासमा वडा र पार्टीको तर्पmबाट निरन्तर प्रयास भई रहेको बताइन् । उनले अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने जिम्मेवारीका साथ काम अघि बढेको बताइन् ।

नेकपा एमाले वडा इन्चार्ज सुभास ढुंगानाले पार्टी र जनप्रतिनिधिसहितको सामुहिक प्रयासबाट यस टोलमा खानेपानी, सडक, विद्युत, सडक जस्ता भौतिक पूर्वाधारले सम्पन्न भएको बताउँदै यस टोलका अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाए ।

टोल कमिटी अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णुकुमारी थापा, सञ्चारकर्मी हरिप्रसाद बास्तोला, पोखरा १७ पार्टी उपाध्यक्ष रीता सुवेदी, निरज रानालगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.