बैशाख ०४, २०८२, बिहीबार

मदरल्याण्ड माविद्वारा श्रीकृष्ण माविलाई २५ थान डेक्सबेञ्च सहयोग


Advertisement Image
clock icon 4 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित मदरल्याण्ड माविले वडाकै सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयलाई २५ थान फर्निचर सहयोग गरेको छ । फर्निचर सामग्रीमा डेक्सबेञ्च रहेको छ । उक्त सामग्री तीन लाख ७५ हजार रुपैयाँ बराबरको रहेको बताइन्छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले मदरल्याण्ड माविको सहयोगले निकै महत्व राख्ने बताए । 

माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा केन्द्र रहेको श्रीकृष्ण माविमा फर्निचरको अभावलाई दृष्टिगत गर्दै सहयोग गरेकोप्रति उनले आभार व्यक्त गरे । 

सहयोगले निजी विद्यालयले नाफामात्र नकमाएर सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्ने सन्देश प्रवाह भएको उनले बताए । 

पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्य सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न निजी विद्यालयसँग सहकार्य र सिकाइ आदानप्रदान हुनुपर्ने बताए ।

मदरल्याण्ड माविका प्राचार्य डा. नारायणप्रसाद बरालले आफ्नो विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत नै गत वर्ष जस्तै यस वर्ष पनि आफ्नै वडाको सामुदायिक विद्यालयलाई सहयोग गरको बताए । 

श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द बरालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि भौतिक गुणस्तर पनि आवश्यक पर्ने बताए । 

श्रीकृष्ण माविका प्रधानाध्यापक प्रेम चपाईले विद्यालयको भौतिक विकासमा सहयोग गरेकोप्रति मदरल्याण्ड माविप्रति आभार प्रकट गरे ।

Copyright © 2024 | All rights reserved.