बैशाख ०४, २०८२, बिहीबार

पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीलाई


Advertisement Image
clock icon 4 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ । प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकीलाई ३७-३२ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । आर्मीका लागि निर्मलबाबु श्रेष्ठ एक्लैले सर्वाधिक १६ गोलको योगदान दिए ।

मंगलबार नै फाइनल अघि भएको सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमीफाइनलमा गण्डकीले एपीएफलाई ४०-३३ र आर्मीले कोशीलाई ५५-३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

यस्तै तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५-२३ ले हराएको थियो । विजेता आर्मीले नगद एक लाख र उपविजेता गण्डकीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍याे । सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली, एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए ।

विधागत उत्कृष्ट तिनै जनाले जनही पाँच-पाँच हजार रुपैयाँसंगै ट्रफी हात पारे ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिकर्मीले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए ।

खेलाडीले हरेक परिस्थितिमा कसरी खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनीसँगै धैर्यता राख्ने हुँदा हरेक नेताले उनीहरुबाट ती कुरा सिके राजनीति र देश विकासका लागि नयाँपन दिन सकिने उनको भनाइ थियो ।

Copyright © 2024 | All rights reserved.