बैशाख ०४, २०८२, बिहीबार

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन स्थगित


Advertisement Image
clock icon 4 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । विवाद र तालाबन्दीका कारण पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । 

अर्को मिति तय नभएसम्मका लागि मतदान कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेले जानकारी दिए ।

अब सर्वपक्षीय छलफलबाट मात्रै नयाँ निर्वाचन मिति तय हुने पोखरेलद्धारा जारी सूचनामा उल्लेख छ ।

मंगलबार साँझ ७ बजे अखिल छैठौँ र नयाँ शक्ति विद्यार्थी युनियनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख छ । 

मंगलबार हुने भनिएको निर्वाचनको मतदान कार्यक्रम मतपत्रमा भएको त्रुटिका कारण विवाद भएपछि बुधबारका लागि सारिएको थियो । बुधबार बिहान ८ बजेदेखि नै मतदान शुरु हुने कार्यक्रम तय भएको थियो ।

यसअघि मतपत्र छापेर मतदानका लागि तयारी गर्दै गर्दा अखिल छैठौँका उम्मेद्वारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोस्ट छुटेको पाइएपछि विवाद भएको थियो । 

Copyright © 2024 | All rights reserved.