0
प्रतिक्रिया
पोखरा । पोखरास्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार प्रकाश धामी विजयी भएका छन् । धामी सात सय १६ मतका साथ विजयी भएका हुन् ।
धामीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका अनेरास्ववियुका अनुप न्यौपानेले चार सय ४९, अनेरास्ववियु (क्रान्तिकारी) का आदर्श महत क्षत्रीले एक सय ७८ र नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले तीन सय ४६ मत पाए ।
यता, सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का हरिकृष्ण खड्का नौ सय २१ मतसहित विजयी भए । खड्काका प्रत्यासी अनेरास्ववियुका विनायक भुवाजीले सात सय चार मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) कै सशिस सापकोटा छ सय ९९ मतसहित विजयी भए ।
यसैगरी सदस्यमा अनेरास्ववियुका अश्रान्त पहारी नौ सय २६, पूर्णिमा अछामी आठ सय १५, अंकित गैरे सात सय ११, अमृत बस्नेत सात सय ४० र रुपेश पौडेल छ सय २२ मत प्राप्त गरी विजयी भए ।
यस्तै नेविसंघका सक्षम भण्डारी सात सय तीन र अखिल क्रान्तिकारीकी तीकिता पाठक छ सय ८२ मत प्राप्त गरी विजयी भए ।
Copyright © 2024 | All rights reserved.