0
प्रतिक्रिया
पोखरा । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले विज्ञप्ति जारी गरी १० गते बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म क्याम्पस परिसरभित्र मतदान हुने जनाए ।
निर्वाचनको तयारीका लागि सर्वपक्षीय बैठकले यस मिति तय गरेको र निर्वाचनका लागि २०८१ सालको चैत ७ गते राति १२ बजेदेखि मौन अवधि लागू हुने उनले बताए ।
स्ववियु निर्वाचनको मतदानका लागि विभिन्न कार्यक्षेत्रका प्राध्यापक र कर्मचारी पहिलाकै जिम्मेवारीमा यथास्थानमा रहनेछन् ।
क्याम्पस प्रशासन र निर्वाचन समिति सबैलाई आगामी निर्वाचनलाई सफल बनाउन सहयोगको आग्रह गर्दै यस निर्णयको कार्यान्वयन गर्न निर्वाचन अधिकृत पोखरेलले अनुरोध गरे ।
Copyright © 2024 | All rights reserved.