बैशाख ०४, २०८२, बिहीबार

माछापुच्छ्रे गाउँपालिकामा टेबुलटेनिस संघ गठन, अध्यक्षमा अधिकारी


Advertisement Image
clock icon 3 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघको अध्यक्षमा युवराज अधिकारी चयन भएका छन् । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा संघ गठन भएको हो ।

संघको उपाध्यक्षमा सविता अधिकारी, सचिव सुजन नेपाली, कोषाध्यक्ष गंगा गौतम अधिकारी र सहसचिवमा दीपेन्द्र नेपाली छन् ।

यसैगरी कार्यसमिति सदस्यमा खुशीराम नेपाली, विमल शाही, हेमन्तबहादुर शाही, सुजन घर्तीमगर, पुरन गुरुङ, राजु सार्की, साजन अधिकारी र शीला विक छन् ।

कार्यक्रममा गण्डकी प्रदेश टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले ग्रामीण भेगमा रहेका युवालाई खेलकुदमा आवद्ध गराउन राज्यले उचित व्यवस्था गर्न आवश्यक रहेको जनाए ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मधुसुधन अधिकारी, कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष गौतमराज लामा, गण्डकी प्रदेश टेबुलटेनिस संघका सचिव अनुष कुँवर, निमित्त सचिव कृष्ण रानाभाट, सदस्यहरु दीपकराज गिरी र प्रकाश वाग्ले, नवनिर्वाचित अध्यक्ष युवराज अधिकारीलगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.