0
प्रतिक्रिया
पाेखरा । नेपाली फुटबल टिमले पहिलो पटक सिंगापुरलाई हराएको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले ऐतिहासिक जित हासिल गर्ने क्रममा १–० ले पराजित गरेको हो ।
नेपाललाई जिताउन जिलेस्पिजंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२ मिनेटमै गोल गरेका थिए । त्यसपछि सिंगापुरले गोल फर्काउन नसक्दा पराजित भयो भने नेपालले ऐतिहासिक जित हासिल गर्यो ।
नेपालले ३६ वर्षपछि सिंगापुरलाई हराएर बदला लिएको हो । नेपालले चौथो भेटमा सिंगापुरलाई पराजित गरेको हो ।
सन् १९८२ मा २–० ले, सन् १९८९ मा ३–० ले र १९८९ मै ७–० ले सिंगापुरले नेपाललाई हराएको थियो ।
म्याट रोसले पहिलो खेलमै नेपाललाई ऐतिहासिक सफलता दिलाएका हुन् । उनले नेपाली टिमको प्रशिक्षण सम्हालेपछि पहिलो खेलमै नेपाललाई जिताए ।
Copyright © 2024 | All rights reserved.