बैशाख ०४, २०८२, बिहीबार

प्रगतिशील लेखक सङ्घ गण्डकीमा उपाध्याय


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा प्राध्यापक डा. यदुनन्दन उपाध्याय निर्वाचित भएका छन् । संघको दोस्रो अधिवेशनले उपाध्यायलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी र कोषाध्यक्षमा गीता तिवारी छन् ।

यसैगरी सदस्यमा बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बाग्लुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारी छन् ।

यस्तै संघको कास्कीमा अध्यक्षमा छवि सुवेदी विजयी, गोर्खामा विश्वेश्वर कट्टेल, लमजुङमा वासुदेव थापा, तनहुँमा विनोदकुमार विक, स्याङ्जामा अनन्त अर्याल, नवलपुरमा काशीराम गैरे, पर्वतमा आनन्द रिमाल, बाग्लुङमा विजय राना र म्याग्दीमा लीला गाउँले नियुक्त भए ।

कार्यक्रममा सङ्घको आवधिक प्रकाशन ‘गण्डक आलोक भाग २’ निबन्ध विशेषाङ्कको परिचर्चा भयो भने सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापा गण्डक साहित्य पुरस्कारबाट सम्मानित भए ।

यसअघि अधिवेशन उद्घाटन गर्दै सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज समीर सिंहले प्रगतिशील साहित्य आन्दोलनलाई साझा बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय महिला उपाध्यक्ष नमुना शर्मा, एमाले गण्डकीका सचिव धनञ्जय दवाडी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नारायण अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका सावित्रा दूरा, पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा. यमनाथ तिमिल्सिना, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शङ्कर बराल, मार्क्सवादी अध्यययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, नेकपा (माओवादी केन्द्र) गण्डकीका शिवजी लामिछाने, नेकपा क्रान्तिकारी गण्डकी प्रदेशका सचिव नारायण अधिकारी, समीक्षकद्वय लोकबहादुर थापा र डा. भूमिराज बस्ताकोटी, वामपन्थी बुद्धिजीवी रामराज रेग्मी लगायतले बोलेका थिए ।

सङ्घका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ध्रुवलाल शर्माले स्वागत, कोषाध्यक्ष निर्मल सापकोटाले सञ्चालन गरेका थिए ।

अधिवेशनले अध्यक्ष उपाध्यायले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मल सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

Copyright © 2024 | All rights reserved.