असार ३२, २०८३, बिहीबार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बहिष्कार


Advertisement Image
clock icon 1 year ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) र राप्रपाले आज पनि संसद बैठक बहिष्कार गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको भिजिट भिसा छानबिनसम्बन्धी उच्च स्तरीय आयोग बारे जानकारी दिएपछि रास्वपा र राप्रपाका सांसदले बैठक बहिष्कार गरेका हुन् ।

बहिष्कार गर्नु अघि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पकेटबाट नाम निकालेर गठन गरिएको समिति आफूहरुलाई अस्वीकार हुने बताउँदै संसदीय समिति वा बहालवाला या पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने माग राखेका थिए ।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो समिति आफूहरुलाई मान्य नहुने भन्दै बैठक बहिष्कारलाई निरन्तरता दिने बताएका थिए । -एभरेष्ट न्यूज एजेन्सी)

Copyright © 2024 | All rights reserved.