0
प्रतिक्रिया
पोखरा । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति कास्कीको अध्यक्षमा जयलाल अधिकारी निर्वाचित भएका छन् ।
संस्थाको दोस्रो अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा खिमलाल बास्तोला, सचिव ऋषिराज आचार्य, कोषाध्यक्षमा लक्ष्मी सुवेदी, सहसचिव बैकुण्ठ भण्डारी र सहकोषाध्यक्षमा हीरामणि अधिकारी छन् ।
यस्तै, कार्यसमिति सदस्यमा सन्तोष सुवेदी, कमला दाहाल, कल्पना थापा, सविना गुरूङ, भोजराज भण्डारी, हरि गिरी र पुष्पराज तिवारी छन् ।
संस्थाका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका केन्द्रीय सल्लाहकार रामप्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रममा एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, गण्डकी प्रदेश संयोजक सरोज देवकोटा, केद्रीय सचिव हरि शर्मालगायतले बोलेका थिए ।
एशोसिएशनको कास्कीमा पोखरा इकाइ, लेखनाथ इकाइ र यातायात इकाइ रहेको छ ।
Copyright © 2024 | All rights reserved.