0
प्रतिक्रिया
पोखरा । संस्कृत युवा मञ्च नेपालले आफ्नो नियमित कार्यक्रमअन्तर्गत पोखरा-१९ लामाचौरस्थित अकलादेवी मन्दिर र अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका सह–सचिव लक्ष्मण पौडेलको संयोजकत्वमा खटिएको युवा मञ्चलाई स्थानीय व्यक्ति र मन्दिर व्यवस्थापन समितिले सरसफाइ अभियानमा साथ दिएका थिए ।
सरसफाइ अभियानको उद्घाटन गर्दै अकलादेवी मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष बाबुराम गौतमले युवा मञ्चले यसरी धार्मिक क्षेत्रहरूको सरसफाइ अभियान चलाएकोमा खुसी व्यक्त गरे ।
अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र आचार्यले युवा मञ्चले गरेका धार्मिक एवं सामाजिक कार्यहरूको स्मरण गर्दै यस्ता अनुकरणीय कार्यहरूमा आफ्नो साथ तथा सहयोग सदैव रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
सरसफाइ अभियानमा सहयोग तथा साथ दिने सबैमा धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष विश्वराज सापकोटाले यसरी प्राप्त सहयोगले संस्थालाई थप उर्जा र हौसला प्राप्त भएको बताए ।
Copyright © 2024 | All rights reserved.