बैशाख ०४, २०८२, बिहीबार

२०८१ चैत १३ गते बुधबार तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 3 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

आजको पञ्चाङ्ग

मिति २०८१ चैत १३ गते बुधबार, इस्वीसंवत मार्च २६ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको द्धादशी तिथि रातिमा १०ः४५ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा रातिमा ११ः५६ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ९ घटि १० पलासम्म त्यसपछि साध्य लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३० घटि ३६ पला अर्थात १२ घण्टा १६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०३ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ३ः५५ बजे र अस्ताउने समय भोलि दिनमा ३ः०० बजे रहेको छ । आज विश्व रंगमञ्च दिवस रहेको छ ।

आजको राशिफल

मेषः आजको दिनमा आम्दानी हुनेछ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुनेछ । स्वास्थ्यमा केही समस्या हुन सक्छ त्यसैले ध्यान दिनुहोला । टाढाको यात्रा गर्दै हुनुहुन्छ भने सतर्क हुनुहोला । 

वृषः आज व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रशन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आयभन्दा व्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि राम्रो हुनेछ ।

मिथुनः आजको समय र दिन अनुकुल छ । नयाँ वस्त्र, आभूषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

कर्कटः आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुन सक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानी हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउन सक्छ ।  

सिंहः आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुन सक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।

कन्याः आजको दिन शुभ रहेको छ । तपाईंले सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्न सक्छ । तर मध्यान्हपछि नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कसैसँग विवाद नगर्नु नै वेश हुनेछ । परिवारमा विवाद हुन सक्छ । टाढाकाे यात्राका पनि  झण्झट हुनेछ ।

तुलाः आज शुरु गरेका काम सफल हुनेछ । ब्यापारमा लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ ।  यात्राका लागि प्रस्ताव आउन सक्छ । अध्यात्म यात्राले तपाइँलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा उर्जा थपिने छ ।

वृश्चिकः आज समय अनुकुल छैन, स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राका लागि प्रस्ताव आउन सक्छ । आजको दिन यात्रा नगर्दा तपाईंको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामका लागि समय खर्च नगर्नुहोला । सामाजिक काममा लाग्नुहोला ।

धनुः आज कामबाट धनलाभ हुनेछ । ग्रह बलिया छन्, त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । आज बिहान कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दिनुहोला ।

मकरः आज चन्द्रमाको साथ रहेका छन् । तपाईंले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रशन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने सम्भावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुन सक्छ । आज तपाईंको सोचअनुसार काम हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भः आजको दिन सोचेको काममा बाधा भए पनि दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने, धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुन सक्छ । नयाँ सिर्जनात्मक लेखनको काममा लाग्नुहोला । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । 

मीनः आज मनमा प्रशन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईंले प्राप्त गरेको धनलाई केही मात्रामा भए पनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ । अध्ययन अध्यापनको काममा लाग्नुहोला ।

साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०८ बजेदेखि ७ः३९ बजेसम्म लाभ बेला
बिहान ७ः३९ बजेदेखि ९ः१० बजेसम्म अमृत बेला
बिहान ९ः१० बजेदेखि १०ः४० बजेसम्म काल बेला
बिहान १०ः४० बजेदेखि १२ः११ बजेसम्म शुभ बेला
दिनमा १२ः११ बजेदेखि १ः४२ बजेसम्म रोग बेला
दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१२ बजेदेखि ४ः४३ बजेसम्म तर बेला
दिनमा ४ः४३ बजेदेखि ६ः१४ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१४ बजेदेखि ७ः४३ बजेसम्म अमृत बेला
साँझ ७ः४३ बजेदेखि ९ः१२ बजेसम्म काल बेला
राति ९ः१२ बजेदेखि १०ः४१ बजेसम्म शुभ बेला
राति १०ः४१ बजेदेखि १२ः१० बजेसम्म रोग बेला
राति १२ः१० बजेदेखि १ः४० बजेसम्म उद्देग बेला
राति १ः४० बजेदेखि ३ः०९ बजेसम्म चर बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३८ बजेसम्म लाभ बेला
रातिमा ४ः३८ बजेदेखि ०६ः०७ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्ह १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.