बैशाख ०४, २०८२, बिहीबार

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभाग सदस्यमा डा. कोइराला मनोनित


Advertisement Image
clock icon 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराका डा. निरञ्जन कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित भएका छन् ।

उनलाई पार्टी सभापति शेरबहादुर देउवाले विभागको सदस्यमा मनोनित गरेका हुन् । कोइराला विभिन्न संघसंस्थामा क्रियाशील छन् । उनी जैविक प्रविधिअन्तर्गथ जैविक रसायन विशेषज्ञ हुन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुुसार विभागको संयोजकमा सुशिला भट्ट छन् ।

 

विभागको अन्य सदस्यमा ताप्लेजुङका उज्जवल कोइराला, महोत्तरीका प्रेमचन्द्र राय, ललितपुरका विजया श्रेष्ठ केसी, बाँकेका मोहनजंग कुँवर, बर्दियाका कुमार लामिछाने, सुर्खेतका रमा केसी, कैलालीका प्रेमलाल चौधरी, बाजुराका शेरबहादुर सार्की र कञ्चनपुरका दिलिप कार्की छन् ।

Copyright © 2024 | All rights reserved.