साउन १२, २०८२, आइतबार

संस्कृत युवा मञ्चद्वारा सत्सङ्ग तथा दिवा खाजा वितरण


Advertisement Image
clock icon 3 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । संस्कृत युवा मञ्च नेपालले सत्सङ्ग तथा दिवा खाजा वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा-५ मालेपाटन, मनकामना मन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा सत्सङ्ग गरी ज्येष्ठ नागरिकलाई दिवा खाजाको व्यवस्था गरेको हो । 

आफ्नो नियमित कार्यक्रम अन्तर्गत सेवा ही परमो धर्म भन्ने मूल मन्त्रका साथ आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष होमनाथ बरालको प्रमुख आतित्थ्यता रहेको थियो।

क्रार्यक्रममा प्रमुख अतिथि बरालले संस्कृत युवा मञ्चले भजन तथा सत्सङ्ग सहित भोजनको व्यवस्था  गरेकोमा खुसी व्यक्त गरे ।

मनकामना मन्दिर विकास समितिका सचिव केदारनाथ बरालले मञ्चले धार्मिक तथा सेवामूलक काम गरेकोमा प्रसंशा गर्दै यस्ता शुभकर्महरू गर्न भगवानले सत्प्रेरणा दिऊन् भन्दै संस्थाको उज्वल भविष्यको कामना गरे । 

कार्यक्रममा वाराही आमा समूहकी अध्यक्ष भगवती बराललगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रमका बीच संस्थाद्वारा प्रकाशित २०८२ सालको गण्डकी भित्तेपात्रोलाई वितरणसमेत गरिएको थियो ।

संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलको अध्यक्षता तथा कोषाध्यक्ष भवानी शंकर शर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार गिरिधर आचार्यले धार्मिक प्रवचन तथा सदस्य हरिराज कोइरालाले शिवजीको भेषमा नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रमको सञ्चालन सचिव दिवाकर पौडेलले गरेका थिए ।
 

Copyright © 2024 | All rights reserved.