बैशाख ०४, २०८२, बिहीबार

कालिका क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरास्थित कालिका क्याम्पसमा ‘दीगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन जारी छ । सम्मेलन शनिबार शुरु भएर आज समापन हुँदैछ ।

सम्मेलनमा नेपालसहित जापान, बेलायत, बङ्गलादेश, थाइल्याण्ड, अमेरिकालगायत देशबाट विभिन्न ३० वटा विश्वविद्यालय एवं क्याम्पसबाट एक सय ५० जना सहभागी छन् ।

सम्मेलन उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले आर्थिक विकास र दीगो पर्यटनका लागि उच्च शिक्षाको अहम् भूमिका हुने बताए ।

उनले उच्च शिक्षाको पाठ्यक्रम व्यावसायिकता प्रवर्द्धन र उत्पादित जनशक्तिको उपयोग हुनेखालको हुनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राडा महानन्द चालिसेले देशमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश व्यवस्थापन विषयका भएको उल्लेख गर्दै स्वदेशमा नै उनीहरूको उपयोग हुने वातावरण तयार निर्माणको खाँचो औँल्याए ।

कालिका बहुुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

क्याम्पस प्रमुख वीरञ्जी गौतमले गुणस्तर सुनिश्चित तथा प्रत्यायन(क्युएए)प्राप्त क्याम्पसद्वारा गरिएको यस किसिमको कार्यक्रम पोखराको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको धारणा राखे ।

कार्यक्रममा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, बैभव पौडेललगायतले पाठ्यक्रम र व्यवसायबीचको तालमेल हुनु जरुरी भएको बताएका थिए ।

ओटिएस एकेडेमी युकेको सहआयोजना एवं विश्वविद्यलाय अनुदान आयोग, व्यवस्थापन सङ्काय त्रिभुवन विश्वविद्यालय, पोखरा महानगरपालिका र केसी ग्रुपको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न प्राध्यापक एवम् अनुसन्धाताका विषयगत प्रस्तुतिसँगै विभिन्न विषयमा समूहगत छलफल भइरहेको बताइन्छ ।

Copyright © 2024 | All rights reserved.