0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता तथा तत्कालिन माझठाना गाविसका समाजसेवी टिकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ ।
पोखराको मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहेका लामिछानेको उपचारकै क्रममा शनिबार बेलुकी निधन भएको हो ।
२००३ साल भदौ ५ गते साबिक माझठाना गा बि स- ९ हाल पोखरा महानगरपालिका वडा न २८ लामिछाने गाँउमा जन्मिएका लामिछाने विगत केहि वर्षदेखि फोक्सो तथा पिसाव सम्वन्धी समस्याबाट पिडित थिए । लामिछानेले विभिन्न समाजिक , राजनीतिक, धार्मिक क्षेत्रसहित विकास निर्माण कार्यमा सदैव अग्रस्थानमा रहेर काम गर्दै आएका थिए ।
२०४२ मा तत्कालिन माझठाना गाउँ पंचायतको उपप्रधानपंच बनेर काम गरेका लामिछाने नेपाल रेडक्रस शोसाइटी माझठाना शाखाको सभापति, माझठाना स्वाथ्य चौकीको अध्यक्ष, रत्नशोभा मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, साबिक माझठाना गाबिस नेपाली काग्रेसको सभापति, थाक खानेपानी उपभोक्त्ता समितिको सचिव, राखि मिजुरे सडक उपभोक्त्ता समितिको सचिव रहेर काम गरेका थिए उनि लामो समय देखि नेपाली काग्रेसको क्रियासील सदस्यको रुपमा रहेका थिए ।
आइतबार लामिछानेको अन्त्येष्टि गरिएको थियो । लामिछानेका एक श्रीमती, २ छोरा, ४ छोरी रहेका छन् ।
Copyright © 2024 | All rights reserved.