0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँ वृद्धि भएको छ ।
मूल्य वृद्धि भएसँगै आज सुनको भाउ तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ आइतबार तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यता आज असली चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ तोलाको दुई हजार दुई हजार ३५ रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ आइतबार तोलाको दुई हजार २५ रुपैयाँ रहेको थियो ।
Copyright © 2024 | All rights reserved.