बैशाख ०४, २०८२, बिहीबार

सहकारी दिवसमा पामे बजार सरसफाई


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । ६८औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ ।

पोखरा-२४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समूह मिलेर सरसफाइ गरेका हुन् ।

सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समूह पामे, सिर्जनशिल आमा समूह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो ।

मर्यादीत सहकारी, समुउन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस बुधबार मनाउँदै छन् ।

पामे बजार फेवातालका मुहान क्षेत्रका साथै पर्यटकी स्थल भएका कारण पनि सरसफाइमा ध्यान दिदै आफुहरुले सर सफाइ गरेका सहकारीका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए ।

उनले सहकरीले सामाजिक क्षेत्रमा पनि बेला बेला विभिन्न काम गर्दै आएको बताए ।

पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए ।

उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नु पर्ने बताए ।

सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ ।

आर्थिक वर्ष २०८०र८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।

Copyright © 2024 | All rights reserved.