माघ ०३, २०८२, शुक्रबार

नेप्सेका नवनियुक्त सीईओ चापागाइँले सम्हाले कार्यभार


Advertisement Image
clock icon 9 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाइँले मंगलबारबाट कार्यभार सम्हालेका छन्।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले नेप्सेको सीईओमा चापागाइँलाई नियुक्त गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयमा आज नवनियुक्त सीईओ चापागाइँलाई राजस्वसचिव दिनेशकुमार घिमिरेले नियुक्तिपत्र दिएका थिए।

नियुक्तिपत्र पाएसँगै चापागाइँ नेप्सेमा पुगेर पदभार ग्रहण गरेका हुन्। गत माघ २५ गतेबाट कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओ पद रिक्त थियो। चापागाइँको नियुक्तिसँग नेप्सेले नयाँ सीईओ पाएको हो।

झापाका चापागाइँसँग बैंकिङ र बीमा क्षेत्रमा काम गरेको अनुभव रहेको छ। उनले सानिमा बैंकमा काम गरेका थिए। उनी साबिक सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक पनि थिए।

नेप्सेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त सीईओ चापागाइँले आफ्नो कार्यकालमा नेप्सेलाई थप प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता गरेका छन्।

Copyright © 2024 | All rights reserved.