बैशाख ०४, २०८२, बिहीबार

अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम


Advertisement Image
clock icon 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अन्तर सामुदायिक मैत्रीपूर्ण ब्याडमिन्टन प्रतयोगितामा फणिन्द्रप्रसाद तिमिल्सिना र विशाल खड्काको जोडी प्रथम, प्रदीप श्रेष्ठ र विशाल बस्नेतको जोडी द्वितीय भएको छ ।

प्रतियोगितामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा कालिकाका हरिबहादुर बुढाथोकी र बिष्णुबहादुर अधिकारीको जोडी तेस्रो भएको छ ।

प्रथम हुनेलाई २० र द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई चार हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखराको स्थापना दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-१ बगरले आयोजना गरेको हो ।

प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की, पृथ्वीचोक, बैदाम, लेखनाथ, माटेपानी र कालिका बीच प्रतिस्पर्धा भएको थियो ।

Copyright © 2024 | All rights reserved.