बैशाख ०४, २०८२, बिहीबार

शिशुवा ज्येष्ठ नागरिक दिवा केन्द्रमा रामायण पाठपरायण


Advertisement Image
clock icon 1 week, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३० स्थित शिशुवा ज्येष्ठ नागरिक दिवा केन्द्रमा रामायण पाठपरायण जारी छ ।

रामनवमीको अवसर पारेर यही चैत्र १७ गतेदेखि महाभारतमा आधारित रामायण पाठपरायण शुरु गरिएको हो ।

भगवान रामको महिमामा आधारित रामायणको प्रवचन कार्यक्रम २५ गतेसम्म सञ्चालन हुने केन्द्रका अध्यक्ष ताराप्रसाद पौडेलले जानकारी दिए ।

रामायणको पाठपरायण गर्दै त्यसलाई नेपालीमा ब्याख्या गर्ने गरिएको केन्द्रका सल्लाहकार ईन्द्रबहादुर थापाले बताए ।

प्रवचनमा आचार्य डा. भोलानारायण रेग्मी, उपवाचकीमा पण्डित कमलराज सापकोटा, गणेशमा पंण्डित कृष्णप्रसाद लामिछाने र रुद्रीमा पंण्डित ओमप्रसाद बराल छन् ।

Copyright © 2024 | All rights reserved.