बैशाख ०४, २०८२, बिहीबार

पिसिएममा कार्यशाला


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।

कार्यशालामा शल ४० जना शिक्षक तथा कर्मचारीले सहभागिता जनाएका थिए ।

कार्यशाला उद्घाटन गर्दै कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्तो कार्यक्रमले शिक्षकलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल उपकरणको प्रयोग, मूल्याङ्कनका कठिनाइ तथा शिक्षकको कार्यभार र पेशागत विकास जस्ता समसामयिक शैक्षिक चुनौतीमाथि प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अन्त्यमा बीसीएसआईटी संयोजक हरि बरालले यस्ता कार्यशालाले शिक्षण विधिमा नवीन सोच र अभ्यासको विकास हुने उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन बीबीएका संयोजक सरोज कुँवरले गरेका थिए ।

पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त पोखरा कलेज अफ म्यानेजमेन्ट सन् २००२ मा स्थापना भएको हो ।

कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स तथा ब्याचलर इन कम्प्युटर सिस्टम एन्ड इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Copyright © 2024 | All rights reserved.