0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २० मा मासिक/साप्ताहिक दौडअन्तर्गत विद्यालय स्तरीय दौड प्रतियोगिता हुने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा-२० को समन्वयमा यही चैत २९ गते शनिबार पाँच र तीन किमि दौड प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा विद्यार्थी सहभागी हुन पाउनेछन् ।
मञ्च अध्यक्ष दिलबहादुर गुरूङले दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो ।
पोखराका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको कार्यक्रम संयोजक तेजबहादुर गुरूङले जानकारी दिए ।
उनले भने, “यो हाम्रोमात्रै पहलले हुँदैन, पोखरा महानगरपालिका, सरोकारवाला, विद्यालय, विभिन्न संघ-संस्थाले सहकार्य गर्न आवश्यक छ, स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो ।”
मञ्चले पोखरालाई दौडै दौडको सहरमा अघि बढाउन तथा युवा खेलाडी उत्पादन गर्न विगत तीन महिनादेखि निरन्तर विद्यालय स्तरीय दौड आयोजना गर्दै आएको छ ।
पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिब तीन हजार भन्दा बढीको सहभागिता भइसकेको छ ।
भलाममा आयोजना हुने प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउनसमेत योगदान पुग्ने मञ्चको विश्वास छ ।
Copyright © 2024 | All rights reserved.