बैशाख ०४, २०८२, बिहीबार

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको क्यालेन्डर विमोचन


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले २०८२ सालको टेवल क्यालेन्डर विमोचन गरेको छ ।

क्यालेण्डर विमोचन कार्यक्रममा एसोसिएसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समिति संयोजक केशव बहादुर खत्रीले व्यवसायिक साथीहरूको हकहितका लागी आफू सदैव साथमा रहेको बताए ।

उनले विशाल बजार अन्य व्यवसायिक मल भन्दा फरक रहेको हुनाले गुणस्तरीय सामान सुपथ मूल्यमा लिनका लागि ग्राहकको पहिलो रोजाइमा परिरहेको बताए ।

एसोसिएसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समिति संयोजक बुद्धिबहादुर कुँवरले संस्थालाई चलायमान बनाउन  एसोसिएसनले यस्ता नियमित कार्यक्रम गरिरहेको बताए ।

बुद्ध विशाल बजार व्यापारिक एसोसियएनले गर्नुेपर्ने हरेक कार्यक्रम समयमा नै गर्दै आइरहेको बताए ।

एसोसिएसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रम महासचिव राजु केसीले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.