बैशाख ०६, २०८२, शनिबार

२०८१ चैत २७ गते तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८१ चैत २७ गते बुधबार, इस्वीसंवत अप्रिल ९ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको द्वादशी तिथि रातिमा १२ः१८ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा मघा बिहानमा ११ः५२ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा गण्ड ३५ घटि ४४ पलासम्म त्यसपछि वृद्धि लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३३ पला अर्थात १२ घण्टा ३९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४८ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ३ः२२ बजे र अस्ताउने समय रातिमा ३ः४६ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चलतथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने हुँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफूतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ । 

वृषः आज हरेक क्षेत्रमा प्रतिस्पर्धी हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईंको कमजोरीको अरुले फाइदा उठाउन सक्नेछन् । माया प्रेम तथा पतिपत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आज वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

मिथुनः आज नियमित आय आर्जन हुने काममा समय लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोगमार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग छ । 

कर्कटः आज अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिइएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसी रहनेछ । सासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । 

सिंहः आज बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिनभन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाईं नै अग्र पंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । 

कन्याः आज काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।

तुलाः आज समयमै काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

वृश्चिकः आज काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।

धनुः आज आज तपाईंको खुट्टा तान्ने मानिस हावी हुने तथा शत्रु सल्बलाउनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाइँ आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।

मकरः आज समयको महत्व नबुझ्नाले अनावश्यक दुःख पाइनेछ । तपार्इं आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । मान्यजनको सुझाबलाई शिरोपर गरेर अघि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।

कुम्भः आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाज सेवामा राम्रो पद प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।

मीनः आज पढाई लेखाइमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । आज सकभर यात्रा नगर्नुहोला त्यसमा पनि उत्तर दिशाको यात्रा राम्रो हुनेछैन । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।

साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४७ बजेदेखि ७ः२२ बजेसम्म लाभ बेला
बिहान ७ः२२ बजेदेखि ८ः५६ बजेसम्म अमृत बेला
बिहान ८ः५६ बजेदेखि १०ः३१ बजेसम्म काल बेला
बिहान १०ः३१ बजेदेखि १२ः०६ बजेसम्म शुभ बेला
दिनमा १२ः०६ बजेदेखि १ः४० बजेसम्म रोग बेला
दिनमा १ः४० बजेदेखि ३ः१५ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१५ बजेदेखि ४ः४९ बजेसम्म चर बेला
दिनमा ४ः४९ बजेदेखि ६ः२४ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२४ बजेदेखि ७ः४९ बजेसम्म अमृत बेला
साँझ ७ः४९ बजेदेखि ९ः१४ बजेसम्म काल बेला
राति ९ः१४ बजेदेखि १०ः४० बजेसम्म शुभ बेला
राति १०ः४० बजेदेखि १२ः०५ बजेसम्म रोग बेला
राति १२ः०५ बजेदेखि १ः३० बजेसम्म उद्धेग बेला
राति १ः३० बजेदेखि २ः५६ बजेसम्म चर बेला
रातिमा २ः५६ बजेदेखि ४ः२१ बजेसम्म लाभ बेला
रातिमा ४ः२१ बजेदेखि ०५ः४६ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.