0
प्रतिक्रिया
पोखरा । उन्नाइसौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार पाँच सय ११ रुपैयाँ बचत भएको छ ।
म्याराथनबाट ९३ लाख ७० हजार छ सय ८९ रुपैयाँ आम्दानी र ८१ लाख ४१ हजार एक सय ७७ रुपैयाँ खर्च भएर १२ लाख २९ हजार पाँच सय ११ रुपैयाँ बचत भएको हो ।
नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले गत फागुन ३ गते गरेको उन्नाइसौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरेको थियो ।
मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालका अनुसार पछिल्लो तीन वर्ष यताको अवधिमा सर्वाधिक रकम बचत भएको हो ।
ञ्च अध्यक्ष दिलबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन, प्रतिभावान खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि दुई करोडको अक्षयकोष स्थापना गर्ने योजना रहेको बताए ।
अक्षयकोष अभियानमा हालसम्म ३१ लाख ५४ हजार दुई सय ५६ रुपैयाँ ३३ पैसा संकलन भएको छ । मञ्चका पदाधिकारी र आजीवन सदस्यलाई केन्द्रित गरेर यो वर्ष ५० प्रतिशत रकम उठाउने लक्ष्य छ ।
अक्षयकोषमा मञ्चका आजीवन सदस्य तथा डायमन्ड बुद्विस्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरूङले सात लाख ६१ हजार पाँच रुपैयाँ प्रदान गरेका छन् ।
मञ्चले आगामी फागुन २ गते आयोजना गर्ने २०औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता प्रक्रिया सुरू गरेको छ ।
Copyright © 2024 | All rights reserved.