बैशाख ०६, २०८२, शनिबार

‘दर्ज्यु संलाप’ माथि चर्चा


Advertisement Image
clock icon 6 days, 1 hour ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि पोखरामा चर्चा गरिएको छ ।

¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दर्ज्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जवाफ खोजिएको बताए । 

प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दज्र्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे ।

“सामाजिक कुरीति, कुसंस्कार, विभेद, अन्यायप्रति सिर्जनशील विद्रोह बनेकी छन् निबन्धकार” कुमारले भने, “सभ्यता, धर्म, संस्कारको झेली खोलभित्र लुकाइएको असभ्य, अधार्मिक अनि कुसंस्कारी अभ्यासमाथि रचनात्मक विद्रोह पोखिएको छ कृतिभित्र” नेपाली समाजको जीवन्त प्रतिविम्बका रूपमा कृति आएको भन्दै उनले कृति पठनीय रहेको विचार राखे ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा निबन्धकार कुमारी लामाले खास गरी तामाङ समुदायका विश्वासहरूलाई समेटेर निबन्ध लेखेको बताइन् । 

समावेशी समाजको आवाजलाई मुखरित गर्ने प्रयास गरेको बताउँदै लामाले आदिवासी सौन्दर्य चेतनाका साथै पृथ्वीमा भएका सम्पूर्ण अस्तित्वलाई सम्बोधन गर्नुपर्ने धारणा निबन्धमार्फत प्रस्तुत गरेको भनाइ राखिन् ।

रैथाने संस्कार र पर्यावरणमैत्री विकास हुनुपर्ने बताइन् । विकासका नाममा भएका मानव सभ्यतामाथिको अत्याचारलाई लेखकहरूले ध्यान दिनुपर्ने उनको विचार थियो ।

कोही मातृभाषीले नेपाली भाषा शुद्ध प्रयोग गर्दा ट्रोलको सिकार बन्नुपर्ने र कोही नेपाली भाषा शुद्ध प्रयोग गर्न नसक्दा ट्रोलमा पर्नुपर्ने अवस्था आएको अनुभवसमेत सुनाइन् ।

यसअघि ‘उज्यालो अन्धकार’ निबन्ध सङ्ग्रह ल्याइसकेकी लामाको ‘दर्ज्यु संलाप’ दोस्रो निबन्ध सङ्ग्रह हो । दज्र्यु संलापमा समाज संवार्ता, सैलानी समय र दृश्य अदृश्य गरी ३ खण्डमा १७ ओटा निबन्ध समेटिएका छन् ।

कार्यक्रममा गौरी तमु, सुरज पौडेल, दीपक पराजुली, प्रवीण बडगामीलगायतले टिप्पणी गरेका थिए । 

कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयमाथि बहस गर्दै आएको छ ।

Copyright © 2024 | All rights reserved.