बैशाख ०६, २०८२, शनिबार

नयाँवर्ष तथा शिवको प्रिय दिनमा राशिफल कस्ताे हाेला ?


Advertisement Image
clock icon 5 days, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ वैशाख १ गते सोमबार, इस्वीसंवत अप्रिल १४ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको प्रतिपदा तिथि बिहानमा ६ः५९ बजेसम्म त्यसपश्चात् द्धितीया तिथि लाग्नेछ । नक्षत्रमा स्वाति रातिमा १०ः५२ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ३९ घटि ४१ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५३ पला अर्थात १२ घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४३ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ७ः५५ बजे र अस्ताउने समय भोलि बिहानमा ६ः०४ बजे रहेको छ । आजबाट नेपाली नयाँ वर्ष २०८२ प्रारम्भ भएको छ ।

आजको राशिफल

मेषः मेष राशि भएकाहरूका आज गलत लेखाई अथवा गलत बुझाईले आफ्नो साख गिर्न सक्छ, ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढि नै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढि नै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पहिले गरेका कामबाट मनग्य आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरू हार खानेछन् भने तपाईँको कुरा काट्नेहरूलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हास खेलमा समय बित्नेछ । पढाई लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पढाई लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाँचो पर्नेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।

कर्कटः कर्कट राशिका लागि आज विपरीत लिङ्गीप्रतिको आकर्षण बढेर जानेछ भने विलासी वस्तुको प्रयोगमार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोगमार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट मनग्य धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । 

कन्याः कन्या राशि भएकाहरूका लागि आज राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रूपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिंदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको रुपैयाँ पैसाले शत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्यालगत गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेको छ भने आफन्तसँग विवाद बढ्नेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमानै काम सकाउन सकिनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज स्वास्थ्य एक्कासि बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको पात्रा नगर्नुहोला । आ“खा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ । टाढाको विशेषगरि पश्चिम दिशाको यात्रामा चनाखो हुन आवश्यक छ । 

धनुः धनु राशिका लागि आज आ“फूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । आज धार्मिक कार्यमा समय व्यतित गर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकरः मकर राशि भएकाहरूका लागि आज रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । पूर्व दिशाको यात्रा महत्वपूर्ण हुन सक्ने देखिन्छ ।

कुम्भः कुम्भ राशिका लागि आज व्यापारबाट मनग्य लाभ लिन सकिनेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन् । छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज स्वास्थ्यमा समस्या आउन सक्छ, खानपानमा विशेष सतर्क हुनुहोला । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा सावधानी अपनाउनुहोला खराब ब्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबीच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला ।

साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४७ बजेदेखि ७ः२२ बजेसम्म अमृत बेला
बिहान ७ः२२ बजेदेखि ८ः५६ बजेसम्म काल बेला
बिहान ८ः५६ बजेदेखि १०ः३१ बजेसम्म शुभ बेला
बिहान १०ः३१ बजेदेखि १२ः०६ बजेसम्म रोग बेला
दिनमा १२ः०६ बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः१५ बजेसम्म चर बेला
दिनमा ३ः१५ बजेदेखि ४ः४९ बजेसम्म लाभ बेला
दिनमा ४ः४९ बजेदेखि ६ः२४ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२४ बजेदेखि ७ः४९ बजेसम्म काल बेला
साँझ ७ः४९ बजेदेखि ९ः१४ बजेसम्म शुभ बेला
राति ९ः१४ बजेदेखि १०ः४० बजेसम्म रोग बेला
राति १०ः४० बजेदेखि १२ः०५ बजेसम्म उद्धेग बेला
राति १२ः०५ बजेदेखि १ः३० बजेसम्म चर बेला
राति १ः३० बजेदेखि २ः५६ बजेसम्म लाभ बेला
रातिमा २ः५६ बजेदेखि ४ः२१ बजेसम्म अमृत बेला
रातिमा ४ः२१ बजेदेखि ०५ः४६ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.