0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ वैशाख ३ गते बुधबार, इस्वीसंवत अप्रिल १६ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको तृतीया तिथि बिहानमा १०ः५५ बजेसम्म त्यसपश्चात् चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा रातिमा ३ः३८ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ४२ घटि ०० पलासम्म त्यसपछि वरियान लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा सौम्य रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३२ घटि ०० पला अर्थात १२ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४० बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ९ः३९ बजे र अस्ताउने समय भोलि बिहानमा ७ः१४ बजे रहेको छ । आज स्वामी शशीधर जन्मजयन्ती परेको छ ।
आजको राशिफल
मेष : आज धेरै बोल्दा समस्या आउन सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । हिसाबकिताबमा पनि विवाद आउन सक्छ । आलोचकलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।
वृष : आज अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रै फाइदा हुनेछ ।
मिथुन : आज चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजले साथ दिनेछन् । ईस्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । आश मारेको नतिजा सकारात्मक हुने देखिन्छ ।
कर्कट : आज व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । वैदेशिक यात्रा लाभदायक रहनेछ । प्रतीक्षित नतिजाले हौसला जगाउनेछ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ ।
सिंह : आज अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित काम रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । उत्तर दिशाको यात्रामा पनि सावधान हुनुहोला ।
कन्या : आज परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ । तर अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ ।
तुला : आज आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ ।
वृश्चिक : आज शुभचिन्तकले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन् । पढाईलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।
धनु : आज परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पति-पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ।
मकर : आज परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति-पत्नी तथा बीच अविश्वास सिर्जना हुनेछ । सवारीसाधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । काममा सतर्क हुनुहोला ।
कुम्भ : आज मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
मीन : आज बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रशन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ ।
साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३९ बजेदेखि ७ः१५ बजेसम्म लाभ बेला
बिहान ७ः१५ बजेदेखि ८ः५१ बजेसम्म अमृत बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म काल बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म शुभ बेला
दिनमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म रोग बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म चर बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म अमृत बेला
साँझ ७ः५२ बजेदेखि ९ः२२ बजेसम्म काल बेला
राति ९ः२२ बजेदेखि १०ः३९ बजेसम्म शुभ बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म रोग बेला
राति १२ः०३ बजेदेखि १ः२७ बजेसम्म उद्धेग बेला
राति १ः२७ बजेदेखि २ः५० बजेसम्म चर बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म लाभ बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३८ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः मध्यान्हमा १२ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
Copyright © 2024 | All rights reserved.