0
प्रतिक्रिया
पोखरा । नेकपा एमाले कास्कीले मंगलबार प्रवचन एवं सम्मान कार्यक्रम आयोजना गरेको छ ।
पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा पारेर पोखराको नयाँबजारस्थित पार्टी कार्यालयमा बिहान ११ः३० बजेपछि प्रवचन र सम्मान कार्यक्रम हुने पार्टी अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवचन कार्यक्रम, तीन जना कम्युनिष्ट योद्धालाई सम्मान र नवनिर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई बधाई एवं सम्मान गरिने उनले बताए ।
कास्कीका तीन संघीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी तीन जनालाई सम्मान गरिने उनले बताए ।
क्षेत्र नं १ बाट रुपा गाउँपालिका-७ का पुष्पकमल सुवेदी, क्षेत्र नं २ बाट पोखरा-११ का डा. टुबराज बाँस्तोला र क्षेत्र नं ३ बाट पोखरा-१९ का मीनराज पौडेललाई सम्मान गरिने बताइएकाे छ ।
Copyright © 2024 | All rights reserved.