0
प्रतिक्रिया
पोखरा । स्याङ्जाको आँधीखोला किनारमा एक पुरूषकाे शव भेटिएको छ ।
सोमबार दिउसो करिब ४ः४० बजे भीरकोट नगरपालका वडा नं.१ का ६० को तेजबहादुर भाट क्षेत्री आँधीखोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार क्षेत्रीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ ।
डीएसपी हरिप्रसाद पौडेलका अनुसार क्षेत्री मजदुरी काम गर्दै आएको र अत्यधिक मदिरासमेत सेवन गर्ने गरेको पाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.