0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ नजिक पुगेको छ । आज मंगलबार छापावाला सुनको भाउ एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको छ ।
सोमबार प्रतितोला एक लाख ९१ हजार रहेको सुनको भाउ आज एकै दिन छ हजार नौ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पोखरा बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको भाउ पनि बढेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँका कारोबार भएको चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार रुपैयाँ कायम भएको छ ।
Copyright © 2024 | All rights reserved.